पठायो र ट्याक्सी चालक बीच बिबाद : आन्दोलनमा उत्रिय ट्याक्सी चालक


फागुन २५, काठमाडौं । ट्याक्सी चालकमाथि प्रहरीले नै हातपात गर्न खोजेको आरोपमा शुक्रबार काठमाडौंका ट्याक्सी चालक आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार बिहान एक ट्याक्सी चालकलाई प्रहरीले हातपात गर्न खोजेको भन्दै ट्याक्सी चालक आन्दोलनमा उत्रिएका हुन् । प्रहरीले बिनाकारण कलंकी बाफलमा ट्याक्सी चालक दीपक श्रेष्ठलाई हातपात गर्न खोजेको आन्दोलनकारीको भनाइ छ ।

‘एउटा ट्याक्सीमा काडाघारी जाने यात्रु चढेका थिए । त्यही समयममा निजी मोटरसाइकल लिएर एक व्यक्ति ट्याक्सी भित्रका यात्रुलाई आउनुहोस् म सस्तोमा लागिदिन्छु भन्यो ।’ उनले भने, म टुटल सेवा हुँ भन्दै ट्याक्सी चालकसँग भनाभन गरे, तर नजिकै रहेको प्रहरीले मोटरसाइकल नै सहयोग गर्‍यो ।’

उपत्यका ट्याक्सी व्यावसायी तथा चालक सेवा समाजका अध्यक्ष सानू पूर्वछानेलाई समेत प्रहरीले हातपात गर्न खोजेको उनको भनाइ छ ।

घटनाको विरोध गर्दै ट्याक्सी चालकहरू महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा पुगेर मोटरसाइकल चालक र हातपात गर्ने प्रहरी विरुद्ध उजुरी गरेका छन् ।

त्यसपछि र्‍याली सहित नयाँ बानेश्वर स्थित यातायात व्यावस्था विभाग घेराउ गरेको उपत्यका ट्याक्सी व्याबसायी तथा चालक सेवा समाजका अध्यक्ष पुर्वछाने बताए ।

समयअनुसार भाडा समायोजन, निजी सवारी भाडामा लगाउन नपाइने र लगाएमा कारबाही गर्नुपर्ने, ट्याक्सी चालकमाथि भैरहेको सरकारी दमन अन्त्य लगाएतको माग ट्याक्सी चालकले गरेका छन् ।

उनले भने, ‘उच्च अदालत पाटनद्वारा जारी परमादेशको पूर्ण रुपमा कार्यान्वयन गर्नलाई दवाव दिन पनि गरेका हौँ।’ विभिन्न एप्लिकेसन मार्फत सञ्चालित निजी प्रयोजनका गाडी सवारीहरुलाई नियमन गर्नुपर्ने ट्याक्सी चालकहरुको माग छ । उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने पनि उनले बताएका छन् ।

२०७६ फाल्गुन २५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको