थबाङ पुगेर महराले भने ‘यो ब्यबस्था जनताको होइन, भित्रै अन्तर्घात भयो’


फागुन २५, रोल्पा । पुर्वसभामुख कृष्ण बहादुर महरा थबाङ पुगेका छन्। परिवार सहित गृहजिल्ला रोल्पा भेटघाटमा रहेका महरा आइतबार थबाङ पुगेका हुन। थबाङ पुगेर सुभचिन्तक तथा पुराना सहपाटीहरु संग भेटघाट गरेका छन्।

थबाङ पुगेपछि महराले ४० वर्ष पहिलेको राजनीतिक जिबनको स्मरण गरे । पूर्वसभामुख महराले २०३७ सालमा थबाङबाटै पार्टीको सदस्यता प्राप्त गरेका थिए । जुन बेला थबाङमा रहेको गज बहादुर बुढाको घरको एउटा कोठामा बसेर तत्कालीन नेताद्वय मोहन बैद्य ‘किरण’ र बासुदेव गौतमले पार्टी सदस्यता दिएका थिए ।

अहिले उक्त घर भत्किएर भग्नावशेषको रुपमा रहेको देख्दा महरा केहिबेर भाबुक भएका थिए । उक्त भत्किएको घरमा महाराले फोटो खिचाएर चिनारी साँचेका छन् ।

शहिद दिर्घलाई सम्झिए

शहिद दिर्घको सम्झनामा निर्मित दिर्घ स्मृति पार्कमा पुगेर कृष्ण बहादुर महराले दिर्घको शालिकमा माल्यार्पण गरेका थिए ।

महराले उ बेलाका आफ्ना पुराना सहपाटीहरुलाई पनि सम्झिए । जुन बेला आफु जिल्ला कमिटिमा रहदा तेजमान घर्ति, सुर्यलाल बुढा, कुल बहादुर झाँक्री, कमल रोका लगायतका तत्कालिन सहपाटीहरुलाई स्मरण गरे ।

तत्कालिन नेकपाको जिल्ला कमिटिमा आफूमात्रै बाहिरको र अरुसबै थवाङका रहेको पनि उनले बताए।

जनताको ब्यबस्था होइन

महराले सार्बजानिक कार्यक्रममै यो ब्यबस्था प्रति असन्तुष्टि व्यक्त गरेका थिए । यो ब्यबस्था जनताको नभएको बताउदै, उनले भने ‘यो जनताको ब्यबस्था होइन, यहाँ घात र प्रतिघातहरु हुन्छन।’

उनले आफु संधै राष्ट्रिय स्वाधिनताको पक्षधर भएको बताउदै भोलि पनि राष्ट्रियताको लागि लडिरहने बताए ।

अन्तर्घात भयो

आन्तरिक भेटघाटमा महराले पार्टीभित्र आफुमाथि अन्तर्घात भएको बताएका थिए । उनले ‘आफूमाथि पार्टी भित्रै सड्यन्त्रहरु रचिएको बताए । पार्टी भित्र केहि स्वार्थी नेताहरुको कारण पार्टीनै संकटमा उभिएको महराको भनाई रहेको स्रोतले पोष्टपाटीलाई बतायो ।

आन्तरिक भेटघाटकै क्रममा महराले सम्भबभय नेत्रबिक्रम चन्द ‘विप्लब’ र सन्तोष बुढा लगायतका नेताहरुलाई भेट्ने आशय समेत व्यक्त गरेका थिए।

२५ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको