अनेरास्ववियू सानोठिमी क्याम्पस कमिटीको संयोजकमा केसी


फाल्गुन २५ , भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुई विद्यार्थी संगठनबीच एकता भएपछी बनेको अनेरास्ववियू सानोठिमी क्याम्पस कमिटीको संयोजकमा प्रकाश के.सी चयन भएका छन् ।

छ्त्रेश्वरी गाउँपालिका -२ सल्यानमा  जन्कामिएका केसी २०६३ सालमा सर्बप्रथम भानुभक्त माध्यमिक विद्यालय दमाचौर स्कुल कमिटीमा आबद्ध भएका थिए । अध्ययनको क्रममा उनी भक्तपुरको सानोठिमी क्याम्पसमा प्रवेश गर्दै गर्दा २०६४ सालमा सानोठिमी क्याम्पस कक्षा कमिटी सदस्य हुँदै २०६५ सालमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको सदस्य भएका थिए ।

यसैगरी २०७१ सालमा क्याम्पस कमिटी उपाध्यक्ष हुँदै २०७३ सालमा सानोठिमी क्याम्पसको अध्यक्ष र २०७४ सालमा भक्तपुर जिल्ला कमिटी उपाध्यक्ष भई नेतृत्व गरिरहेका केसी एकदशक भन्दा लामो विद्यार्थी राजनीति गर्दै आएका छन् ।

पूर्वमाओवादी निकट अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको नेतृत्व गर्दै आएका केसी हाल एकता प्रक्रियाबाट बनेको संयुक्त अनेरास्ववियू सानोठिमी क्याम्पस कमिटिको संयोजकमा चयन भएका छन् ।

२०७६ फाल्गुन २५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको