गृहजिल्ला पुगेका खबपु पहिलोपटक जहाँज चढेर काठमाडौ आइपुगे [फोटो/भिडियो]

फागुन २५, काठमाडौँ । कमेडी च्याम्पियनका फाइनलिस्ट खडक बहादुर पुन ‘खबपु चंचल’ गृह जिल्ला रोल्पा भ्रमणपछि आइतबार काठमाडौ फर्किएका छन ।

खबपू रोल्पाको माडी गाउँपालिका घर्तिगाउँ, रोल्पा नगरपालिका लिवाङ, सुनिलस्मृति गाउँपालिकका सुलिचौर, आफ्नै गाउँ जेलवाङ, सुनछहरी गाउँपालिका, प्युठान र पाल्पाबाट पोखरा हुँदै आज (आइतबार) काठमाडौँ आईपुगेका हुन् ।

बिहान करिब साढे १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेका थिए । खबपुलाई एर्पोर्टमा स्वागत गर्न उनकि धर्मपत्नी दिलमाया पुन पुगेकी थिइन भने उनका थुप्रै सुभचिन्तकहरुले फुलमाला र खादाले स्वागत गरेका थिए ।

त्यसैगरी मिडियाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । गृहजिल्लामा उनले पाएको स्वागत सत्कारले आफु निकै खुसी भएको बताए । मिडिया कर्मीहरुको सहयोगप्रती पनि उनले खुसी ब्यक्त गरेका थिए । उनले पहिलोपटक हवाईजहाज चढेर काठमाडौँ आएको अनुभव सुनाए ।

खबपुको जिल्ला भ्रमणमा दार्जीलिङका कमेडियन अनिल राईले साथ दिएका थिए । राई प्रतियोगिताको टप ८ बाट आउट भएका थिए ।

वाइल्ड कार्डबाट इन्ट्री गरेका अर्गानिक उपमा पाएका खवपु कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल भएका हुन् । उनले टप ४ बाट ग्राण्ड फिनालेमा प्रवेश गर्दा पनि सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् ।

खवपुलाई भोट गर्न नेपालबाट Esewa को App Download गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस