मध्यपूर्वबाट सबै अमेरिकी सेना हटाउने इरानको चेतावनी


पुस २३, काठमाडौं । इरानले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिकी सेना हटाउने चेतावनी दिएको छ ।

इरानी राष्ट्रपति हसन रूहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका हुन् ।

ट्वीटमा रुहानीले लेखेका छन् ‘जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए । आतंकवादविरूद्ध उनले नलडेका भए युरोपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे । सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं ।’

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइ छ ।

इराकको राजधानी बग्दाद विमानस्थलनजिकै गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएका थिए ।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको