श्रीमती बितेको केही घण्टामै श्रीमानको पनि निधन


पुस २३, गोरखा । गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ ।

जिल्लाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृत्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान९२ वर्षीय कर्णखर अम्गाईको मृत्यु भएको हो ।

सोमबार बिहान ३ बजे मृत्यु भएकी जयन्तीको दाहसंस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृत्यु भएको थियो । मंगलबार राती ९ बजे मृत्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

श्रीमतीको अन्तिम दाहसंस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दाहसंस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको