पौडेलको भेलामा आएका जिल्ला सभापतिलाई देउवाले बोलाए बुढानिलकण्ठ


पुस २३, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले बोलाएको परामर्श बैठकमा उपस्थित जिल्ला सभापतिहरूलाई सभापति शेरबहादुर देउवाले भेट्न बोलाएका छन्।

सभापति देउवाले बिहीबार विहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा भेट्न बोलाएका हुन्। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई भेट्न बोलाएका हुन्।

जिल्ला सभापति भेला भने बुधबार अपरान्ह सकिएको छ। तीन दिनसम्म चलेको भेलापछि जिल्ला सभापतिले आफ्ना सुझाव बरिष्ठ नेता पौडेल र सभापति देउवालाई बुझाउने कार्यक्रम छ।

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्य उपस्थित बैठकले ०७७ फागुनमा महाधिवेशन गर्नेलगायत निर्णय गरेपछि पौडेल र सिटौला पक्षका केन्द्रीय सदस्यहरू र जिल्ला सभापति रूष्ट थिए।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको