थवाङ गाउँपालिकामा मेडपाको अभिमुखिकरणन कार्यक्रम


पुस २३, थवाङ रोल्पा । ‘स्थानिय स्रोत द्धारा उत्पादित वस्तुु रोल्पाको शान, पौरखी र मेहेनती लघु उद्यमी पहिचान’ भन्ने मुल नाराका साथ गरिवी निवारणका लागी लघु उद्यम विकास मेडपा अन्तर्गत कार्यक्रम थवाङमा सम्पन्न भएको छ । गाउँपालिका स्तरीय अभिमुखिकरणन कार्यक्रम सोमबार भएको हो ।

गाउँपालिकाका अध्यक्ष विर बहादुर घर्तीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सन्चालन मेडपा कार्यक्रम थवाङ गाउँपालिकाकी संयोजक हिसिला डाँगीले गरेका थिए । कार्यक्रमलाई ‘आयोजना विकास सरोकार समाज डिकोस रोल्पा’ले आयोजना गरेको थियो भने सहजिकरणका लागि थवाङ गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती रोल्पा कार्यक्रमको सहयोगी संस्थाको रुपमा रहेका थियो ।

कार्यक्रममा लघु उद्यम, लघु उद्यम विकासको मोडेल, लघु उद्यम विकास मोडेलका विशेषताहरु, मागमा आधारित रणनिती, लघु उद्यम विकास नमुना, उद्यमशिलता विकास तालिम,स्थानीय स्तरमा रोजगारी सिर्जना, आत्मनिभरता र समुन्नत समाजको निर्माण लगायतको बारेमा छलफल भएको थियो ।

उद्योग विकास समिती गठन गरेर मेडपा कार्यक्रम सन्चालन गर्ने भएकोले थवाङ गाउँपालिकामा धनकुमारी रोकाको संयोजकत्वमा ६ सदस्य समिती गठन गरिएको छ ।

गाउँपालिकामा रहेका स्थानीय स्रोत साधनलाई प्रयोग गरि गाउघरमै रोजगारमुलक उद्यमी बन्नमा मेडपा कार्यक्रमले सहयोगी भुमिका निर्वाह गर्ने जनाएको छ ।

गत आर्थिक वर्षमा थवाङ गाउँपालिका ४ मा सन्चालन भएको उक्त कार्यक्रम यो वर्ष थवाङ गाउँपालिका २ मा सन्चालन हुने भएको छ ।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको