दाङकी ३५ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

फाइल तस्बिर

असोज २१, दाङ । दाङ घोराहीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३५ बर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११: ४५ बजे उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि बुधवार दिउँसो ३ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाका कारण मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् । ती महिलामा कोरोना संक्रमन बाहेक त्यो भन्दा अघि कुनैपनि स्वास्थ्य समस्या थिएन ।

यो संगै दाङ जिल्लाका ५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

२१ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको