डा. केसीको तर्फबाट पनि वार्ता समिति गठन


असोज २१, काठमाडौं । २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट सरकारी टोलीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ ।

बुधबार केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे लगत्तै केसीको तर्फबाट वार्ता गर्न समिति गठन भएको हो ।

२०७७ आश्विन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको