बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु


असोज २१, बुटवल । बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष आइसोलेसनमा दुई जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिएका छन । नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत्यु भएको हो।

नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । उनलाई दम र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको गए राती पौने १ बजे मृत्यु भएको हो ।

त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिइन्। पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो । उनमा पनि कोरोना संक्रमण सगै उच्च रक्तचापको समस्या रहेको थियो । योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

२०७७ आश्विन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको