बिकास निर्माणमा जनताको सुझाव लिन घर दैलोमै पुगे रोल्पा नगर प्रमुख केसी


असोज २१, रोल्पा । रोल्पा जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी. जनताको गुणासो सुन्न  घरदैलोमै पुग्ने गरेका छन ।

बिकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने सेवाग्राही जनताको घर दैलोमै पुग्ने र गुनासो सुझाव संकलन गर्ने कामलाइ निरन्तरता दिएका हुन ।

गत आ.व. २०७६/०७७ मा भए गरेका नगरपालिकाका योजना तथा कार्यक्रममा जनताको राय बुझ्न नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृत लाइ साथमा लिएर नगरपालिकाको केन्द्र देखि दुर दराजका बस्तीमा पुगि जनताको राय सुझाव तथा गुणासो सुन्नुका साथै विकास निर्माण योजनाहरु कसरी भइरहेका छन । आगामिदिनमा सुधार गर्नुपर्ने कुराहरुमा प्रत्यक्ष जनताको राय के छ ? सो बुझ्न घर दैलोमै पुग्ने गरेका हुन ।

नगर प्रमुखलाइ अकस्मात आफ्नो घर दैलोमा सन्चै हुनुहुन्छ ? र तपाइको समस्या के छ ? भनेर पुगेको देखेपछि नगरबासी अच्चम्मित र हर्षित भएका छन ।

निश्चित अवधिको कार्ययोजना नै बनाएर गत सोमबारबाट जनताको घर दैलोसम्म पुग्ने र गत आ.व.मा सम्पन्न भएका योजनाहरुको पहिचान र अनुगमन गर्ने, योजनाहरुमा दोहोरोपना हुन नदिने, उपभोक्ता समिति गठनमा हुनसक्ने वेथितिलाइ नजिकबाट निरिक्षण गरि नियमण गर्ने, योजना तथा कार्यक्रबाट प्राप्त लाभबारे उपभोक्ता जनताको राय बुझ्ने, वडामा विनियोजन भएका नयाँ योजना र पुराना सम्पन्न भएका योजनाहरुमा हुने दोहोरोपना रोक्ने तथा वडा कार्यालयहरु र समग्र नगरपालिकाको सेवा प्रवाहबारे जनताको सन्तुष्टि मापन गर्ने उध्येश्य लिएर जनताको घरमा पुगेको र यो नौलो बिषय नरहेको नगर प्रमुख केसीले बताए।

उनका अनुसार रोल्पा नगरपालिका वडा नं. २,४,६ र ७ लाइ पहिलो चरणमा, वडा नं. ८,९ र १० लाइ दोस्रो चरणमा र वडा नं. १,३ र ५ लाइ तेस्रो चरणमा विभाजन गरेर चरणबद्ध अनुगमन तथा मूल्याङ्कण कार्यमा नगर प्रमुख के.सी. सबै जनाताको घर दैलोमा पुग्ने बताएका हुन । अनुगमनको क्रममा देखापरेका समस्याहरुलाइ तत्काल समाधान गर्न के.सी.ले प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेललाइ सुझाउने समेत गरेका छन ।

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट हुने सेवा प्रवाहका प्रभावकारीता र चुस्तता कायम गरी जनतालाइ वास्तवमै सरकारको उपस्थिति र सुशासनको प्रत्याभुति दिलाउन सो कार्य भइरहेको योजना अधिकृत सुदिप डाँगीले बताएका छन ।

चुनावको बेला मात्र जनताको घरदैलोमा पुग्ने परम्मराको अन्त्य गरि यस कामको अनुसरन अन्य नगर तथा गाँउपालिकाले गर्ने पर्नेमा सरोकाकरवालहरुको प्रतिक्रिया रहेको छ ।

 

२०७७ आश्विन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको