असोज २१, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव हरि डाँगी र रुन्टीगढी गाउँपालिकाका कर्मचारी दिपक डाँगी (दीप दर्पण)ले ललितपुरको लेलेमा रहेका रोल्पाका मजदुरलाई आर्थिक सहयोग गरेका छन् ।
मंगलबार ललितपुरको लेले पुगेर ईट्टा भट्टामा मजदुरी गरेर बसेका रोल्पा, रुन्टीगढी गाउँपालिका वडा नम्बर-३ भोर्ना निवासी सुनिता पुन मगरलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपक डाँगीले जानकारी दिए । सचिव हरि डाँगी मार्फत जुटेको १०,००० रुपैयाँ र आफूहरुले संयुक्त रुपमा ५ हजार रुपैयाँ गरि १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको डाँगीले जानकारी दिए ।
संचारमध्यममा सुनिता पुनले जुम्ल्याहा बच्चा बोकेर छाक टार्न माग्दै हिडेको भन्ने समाचार र फोटो प्रकाशित भएपछि सहयोग जुटेको हो । यस अघि पनि गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष मिलन सिल्वालले खाद्य सामग्री सहयोग गरेका थिए । मगरलाई करिब दुई महिनासम्म पुग्ने गरि चामल २ बोरा, दाल ५ के.जी, सोयाबिन ५ पाकेट. नुन ५ पाकेट. तेल ५ लिटर, साबुन ५ वटा र लत्ताकपडा समेत सहयोग गरेका थिए ।
उनले उक्त क्षेत्रमा झण्डै १५ परिवारको अवस्था दयनीय रहेको बताए । प्यूठानबाट आएर इट्टा भट्टामा काम गरिरहेका १५ परिवारको अवस्थापनि नाजुक रहेको डाँगीको भनाई छ ।
कोरोनाका कारण आफूहरु केही समय अहिले कार्यक्षेत्रमै बस्ने बताएको डाँगीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस