अखिल क्रान्तिकारी नवलपुरको रक्तदान कार्यक्रम सम्पन्न


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले गैंडाकोट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला पार्टीका नेताहरू र दर्जनौं विद्यार्थीको उपस्थितिमा उक्त पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ती गर्ने उद्देश्य सहित उक्त कार्यक्रम संचालन गरेको हो ।

जिल्ला रेडक्रससँगको समन्वयमा गरिएको उक्त कार्यक्रममा समाजिक दुरी कायम गर्दै सत्र जनाले रक्तदान गरेका हुन । उक्त पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले यसअघि रुकुम हत्याकाण्ड बिरुद्ध प्रदर्शन, अनलाइन शुल्क बिरुद्ध स्थानिय निकाय तथा शिक्षण संस्थामा माग पत्र पेश गर्ने लगायत बिभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको छ ।

२०७७ भाद्र २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको