काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि


भदौ २२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए।

२२ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको