पाेखरा फुड्सका ५९ मजदुरमा काेेराेना संक्रमण


भदौ २२, पोखरा । पाेखराकाे एक उद्योगमा कार्यरत ५९ जना मजदुरमा काेराेना संक्रमण देखिएको छ।

पाेखरा १०, अाैद्दाेगिक क्षेत्रकाे पाेखरा फुड्समा कार्यरत कुल ५९ जना मजदुर संक्रमित भएका हुन्। त्यहाँ कार्यरत ८ महिला र १७ पुरूष सहित २५ मजदुरमा साेमबार काेराेना पुष्टि भएको हाे । ३ दिनअघि ३४ मजदुरमा काेराेना देखिएको थियाे ।

सुरूवातमा कमै संक्रमित गण्डकी प्रदेशमा अचेल काेराेना संक्रमणकाे ग्राफ बढेकाे छ ।

साेमबार पाेखरामा ३१ सहित प्रदेशमा ६७ जनामा काेराेना पुष्टि भएकाे हाे । आइतवार मात्र ८४ जनामा संक्रमण देखिएकाे थियोे ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार साेमबार थप स्वास्थ्यकर्मीमा पनि काेराेना देखिएकाे छ । पाेखराकाे मेडिप्लस, पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी संक्रमित भएका हुन्।

प्रदेशमा कुल २५ सय ९८ जना संक्रमित हुँदा १९ काे मृत्यु भएकाे छ ।

२०७७ भाद्र २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको