सल्यानमा मास्क नलगाउनेलाई कारवाही गरेर डेढ लाख बढी राजस्व संकलन


भदौ २२, सल्यान । मास्क नलगाई घरवाहिर निस्कनेहरुलाई कारवाही गरेर सल्यान प्रहरीले एक लाख ६९ हजार रुपैया संकलन गरेको छ ।

विश्वभर फैलिरहेको कोभिड(१९ को रोकथाम,नियन्त्रण तथा व्यवस्थापन गर्ने सिलसिलामा आइतबार सम्म मास्क नलगाई घर बाहिर निस्कने एक हजार ६९० जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ती िमार्फत जनाएको छ ।

असार २७ गतेदेखि प्रहरीले सल्यानमा कारवाही थालेको थियो । मास्न नलगाउनेहरुलाई प्रहरीले संक्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैँया जरिवाना गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम कारवाहि गर्दै आएको छ ।

सोमबार जिल्लाका ५ जनालाईृ कारवाही गरेको प्रहरीले बताएको छ । खलंगा बजारमा ४ जना र बनगाड बजारबाट एक जनालाई काररवाही गरेर ५ सय जरिवाना तिराएको प्रहरीले जनाएको छ ।

२०७७ भाद्र २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको