पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि


साउन २३, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । शुक्रबार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ७० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १५ हजार ८१४ निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

२०७७ श्रावण २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको