अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिन बोर्डको निर्देशन


साउन २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काल नगर्न निर्देशन दिएको छ । कोरोना भाइरसका कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्मका लागि परीक्षा नलिन आग्रह गरेको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

कोभिड-११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।

२०७७ श्रावण २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको