असार २३, काठमाडौं | नेपालमा मंगलबार थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ |
नेपालमा हालसम्म ७ हजार ४९९ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् | पछिल्लो २४ घण्टामा ६८८ संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस