ओली र प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकियो


असार २३, काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको मंगलबारको ‘वान टु वान’ वार्ता सकिएको छ । पार्टीभित्रको उत्पन्न विवाद मिलाउन दुई अध्यक्षबीच मंगलबार पनि बालुवाटारमा २ घण्टाभन्दा बढी वान टु वान वार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार ठोस सहमति भने अझै हुन सकेको छैन | बुधबार स्थायी कमिटी बैठक बस्नुअघि फेरि दुई अध्यक्षबीच पनि छलफल हुने भएको छ ।

सहमतिका लागि भन्दै ओली र दाहालबीच सोमबार पनि डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।

असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको भन्दै बैठक रोकेर दुई अध्यक्ष वान टु वान वार्तामा बसेका हुन् ।

२०७७ असार २३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको