पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि


असार २३, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका  युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी  आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । ती युवकको गएराति मृत्यु भएको हो । मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२३ असार २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको