जेष्ठ २५, रोल्पा । रोल्पा गंगादेव गाउँपालिका ६ नम्बर वडामा आरडीटि परिक्षणमा दुई जनालाई कोरोना पोजेटिभ भेटिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३१ जना पुरुष १ जना महिला मजदुरहरुलाइ आरडिटि चेक गर्दा २ जना पुरुषलाई कोरोना पोजेटीभ देखिएको हो ।
गंगादेव गाउँपालिकाका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ती मगरका अनुसार आर.डि.टी. परिक्षण पछी पोजेटीभ देखिएका उक्त दुई जनालाई पिसिआर टेष्टका लागि तयारी भैरहेको बताएका छन् ।
यस अघि ७ नम्बर वडामा १३ जनालाई आरडिटि चेक गर्दा सबैलाई नेगेटिभ देखिएको स्वास्थ्य प्रमुख त्रिभुवन घर्तिले बताए । घर्तीका अनुसार अन्य वडाहरुमा पनि आरडिटि चेकलागि तयारि भैरहेको बताए।
यसैगरि रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ का ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरुलाई भेरी अस्पतालको प्रयोगशाला गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमित पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस