‘देश त हाम्रो मात्रै हो, प्रवासीलाई उतै मर्न दिउ’

बरु बिदेशी नागरिकलाई चन्द्रसूर्य जहाँजमा उनीहरुको देश पुर्याई दिउ !


नोवेल कोरोना भाइरस कोभीड -१९ ले २१औं सताब्दीको बैज्ञानिक युगलाई नै चुनौती दिएको छ । पंतिकारले यो सामाग्री तयार पार्दासम्म कोरोना भाईरस सामु भौतिक बिज्ञानले हारेको छ । संसारकै कहलिएका बैज्ञानिकहरु फेल भएका छन् । तर जितका लागि उनीहरुको रासायनिक खोजको यात्रा भने जारी रहेको छ, कामना गरौ एकपटक फेरी मानव युगको जित अवस्य हुनेछ ।

संसारले नै कोरोना सामु हारीरहेको यो बेला, मानिसहरु जितका लागि हरेक हत्कण्डाहरु अपनाई रहेका छन् ।

यहि भव्य-तव्य भैरहको बेला कोरोना बिरुद्द लड्ने वा आफु सुरक्षित हुने सबै भन्दा बलियो अस्त्र ‘लक डाउन’ लाई मानिएको छ । संसारका धेरै शहरहरु यतिबेला लकडाउनमा छन् । लकडाउनको असरले अर्थतन्त्रनै धरासायी बन्दै गएको छ । उक्त भाइरसको कारण विश्वकै अर्थतन्त्रमा मन्दी छाउने निश्चित प्राय भैसक्यो ।

यहीबेला मैले हाम्रो देशबाट रोजीरोटीका लागि प्रबास पुगेका नेपाली नागरिकहरुलाई घर फर्काउ, भन्छु भने, म नै सबै भन्दा ठुलो देशद्रोही हुनेछु । देशमा कोरोना भित्र्याउने हर्कत गरेको ठहर हुनेछु । लक डाउन उलंघनको गम्भीर कट्घरामा उभिने छु ।

किने भने, देश बाहिर हुने नेपालीहरु नै कोरोना हुन् भन्ने बुझाई सबै भन्दा पहिले मेरो देशको सासकलाई लागेको छ । ति कोरोनाहरु देशभित्र पसे भने सासकहरु नै आफु नबाँच्ने ठुलो डर उनीहरु संग छ ।

त्यसपछि देशका ठुला बुद्दिजिबि कहलिएका बौद्धिक भन्निनेहरुलाई डर छ । देश बाहिर बस्ने नेपाली देश भित्र पसे भने आफुहरु नरहने डरका कारण उनीहरुको कलमले लकडाउनलाई कडाई गर्न, यो देशका सासकहरुलाई खबरदारी गरिरहेका छन् ।

यतिसम्म कि, लकडाउनको सुनसानमा दिउसै भुत प्रेत जगाई सासकहरुलाई तर्साई रहेका छन् ।

त्यसपछि यो देशका सम्पन्नशाली नागरिकहरु परदेशीलाई देश भित्र भित्र्याउनु हुन्न, उनीहरु देशभित्र पसे नेपाल देश नै रहने छैन र हामी नेपाली नै रहने छैनौ, भन्ने भ्रमले देशको आत्मालाई नै भयभीत, त्रसिद र कम्जोर बनाएर शहरलाई लकडाउन गरि बन्द कोठामा रासन पानी थुपारेर बसेका छन् । आर्कोतिर कालोबजारीको भरपुर लाभ लिईरहेका छन् ।

अब सबै भन्दा निम्न र मध्यम वर्ग भएका नागरिकहरुलाई कोरोना भाइरसको खासै प्रभाव छैन । खास मृत्युसंग खेलिरहेका मानिसलाई डर भन्ने हुँदैन । अर्कोकुरा उनीहरुमा दया माया र भावनाको सागर अथाह हुन्छ । उनका आफन्तहरु प्राय सबै रोजीरोटीका लागि देश बाहिर छन् । सासक बर्गले देख्ने गरेको कोरोना भाइरसहरु निम्न वा मध्यम बर्गका आफ्नै आफन्तहरु हुन्, जसले उनीहरुको पाखुरी र खुन पसिनामा जिन्दगि चलाई रहेका हुन्छन, बाँची रहेका हुन्छन ।

तिनै आफन्तहरु कोरोना नै भएपनि सहि छ र उनीहरुलाई घर फर्काउनु पर्छ भन्नेमा यो वर्गको जोडबल छ । यो पंतिकारपनि यहि बर्गकै पक्षमा उभिएको छ, बरु देशद्रोहीको आरोप नै सहन तयार छु । सासकको कट्घेरा उभिन तयार छु ।

सासक बर्ग र समाजमा केहि जान्ने सुन्ने बुद्दिजिबि कहलिएकाहरु, अचेल सडक र गल्लिहरुमा माक्सले मुख छोपेर गफ चुटिरहेका छन् । नेपालमा ९ जनालाई कोरोना संक्रमित भेटियो ति सबै विदेशबाट आएका हुन्, उनीहरु देश भित्र नछिरेको भए नेपालमा कोरोना नै आउने थिएन, जस्ता अमानवीय गफहरु छाँटने गर्छन । मानौंकि उनीहरु उतै मरेपनि हुन्थ्यो ।

भारतको सिमा क्षेत्र अत्यन्त जोखिम पूर्ण बन्यो । खुल्ला सीमाका कारण लाहुर वा कालापार गएकाहरु लुकिछिपी देश फर्किएकाहरुले कोरोना भित्र्याए । कैलाली, कंचनपुर लगायतका सिमा क्षेत्रका कर्णाली बासीहरुले कोरोना जोखिम उठाए, यसरी उनीहरुमाथि आक्षेप लाग्ने गरेको छ ।

भारतको बम्बईबाट नेपाल हिडेर आउनेहरुको कथा ब्यथा बाँकी नै छन् । मरेपनि, बाँचेपनि आफ्नो देश र घरपरिवार सम्जिएर फर्किनेको भावनाहरु यतिखेर देशद्रोही भएका छन् । कोरोना भाइरसको दर्जामा गनिएका छन् । सिमाक्षेत्रलाई बन्दक बनाएर महाकालीपारी हप्तौ सम्म हजारौ भोको पेटलाई खुल्ला आकास मुनि रोकेर मुक दर्शक बन्ने मेरो देशको सासक हो ।

उनीहरुको बाँच्न पाउने न्यूनतम अधिकार समेतलाई हनन गरिएको छ । कोरोना भयभित राष्ट्रहरुले आफ्नो देश कोरोनाले थिलाथिला हुँदा पनि देश बाहिर रहेका हरेक आफ्ना नागरिकलाई जहाँज चार्टर गरि आफ्नो देशमा लिएर गयो । बिदेशी नागरिकलाइ उनीहरुको देशसम्म ओसार्न हाम्रै देशको चन्द्र सुर्य ध्वाजबहाक जहाज केहि दिन अघि उड्यो तर देशका नागरिकहरु छिमेको देशको भारत सिमामा बन्दक बनाएर भोकै प्यासै तड्पाईयो । कति मानिसहरु यात्राकै क्रममा रोग भोगले मरे ।

उनीहरुको ब्यबस्थापनका लागि राज्यले हेर्नै चाहेन । उसलाई डर थियो त केवल ति गैर मानिस बनाइएका अर्धकोरोनाहरु देशमा भित्रिए हामी र हाम्रो देश रहने छैन भन्ने डरले देखेर पनि नदेखे जस्तो गर्यो । यस्तो निर्दयी राज्य सायद हिटलरको राज्य पनि थिएन होला । आफ्नै देशमा फर्किन चाहाने नागरिकलाई बन्धक बनाएर कठोर यातना दिने राज्य हिटलरको पनि कसरि हुनसक्थ्यो ।

देश र परिवारको मायाले बरु मरुला भनेर महाकालीमा हामफालेर नदि पार गर्नेहरुलाई यो देशको नुनपानीमा मात्तिएको प्रसासनले कुटी कुटी यातना दियो । लकडाउन उलंघनको कसीले कोर्रा लगायो । कोरोनाबाट सासक आफु बच्नलाई मानिसहरुको बाँच्न पाउने अधिकार समेत हनन गर्यो । यहाँ कोरोना भन्दा राज्यको बर्बरताले बाँच्न पाउने मानवीय अधिकारको गम्भीर उलंघन राज्यले गर्यो ।

बुढापाकाको एउटा उखान छ, ‘परदेशीको बन सुध्रिए पनि, बिग्रिए पनि, आखिरमा घर फर्किनै पर्छ’ । हो बन-प्रदेश बिग्रियो भने उनीहरु फर्किने घर नै हो । आखिर मर्नु नै छ भने पनि घरमै परिवार सामु मर्यो भने आत्माले शान्ति पाउछ, एक झल्को मुख देखेरै, बर्षौ देखि भेट्ने पारिवारिक प्यास मेटाएर मर्ने छन ।

यो कुरा यो देशका सासक वर्गले कहिलै बुझ्दैन । किनकि उनीहरुले वास्तविक जिबनमा पारिवारिक बिछोडको जिन्दगि भोगेकै छैनन् । भोको पेटलाई भर्न देशको सिमाकाटेर, परिवारबाट कोषौ टाढिएर बस्नु परेको हृदयविदारक पिडा भोग्नु परेको छैन ।

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, खुकुरीलाई के थाहा । यो देशका सासक बर्गहरु खुकुरी हुन्, गरिखाने बर्ग गरिब किसानहरु अचानो हुन्, उनीहरुको चोट सासक बर्गलाई के थाहा । बस सिमापारि अलपत्र परेका जिन्दगीको बारेमा सोच्नु परेन मात्रै लक डाउनलाई बुझे भयो, आत्मसात गरे पुग्यो ।

खासगरी हालसम्म कोरोना भाइरसले नेपालमा यतिठुलो प्रभाव परेको छैन । संसारका अन्य देशको तुलनामा निकै न्यून प्रभाव छ । हालसम्म कोरोनाको कारण नेपालमा मृत्युदर शुन्य छ । यस्तो सुरक्षित मानिएको देशबाट कोरोनाको जर्जरपूर्ण प्रभाव बेहोरी रहेका देशहरुका नागरिकहरु आफ्नो देशमा किन फर्किन चाहन्छन त ?

उनीहरु केवल देश र परिवारको ख्याल नगरी बाँच्ने प्रण गरेको भए, युरोपियन मुलुकका मानिसहरु नेपालकै गाउँ-गाउँमा पुगेर बस्थे । छिमेकी चिनका मानिसहरु सिमाकाटेर नेपाल आएर बस्न सक्थे । तर मानव जातिले त्यसो गर्न सक्दैन, आफु जन्मिएको माटोमै अन्तिम सास त्याग्ने उसको इक्षा हुन्छ ।

त्यसैले उनीहरु कोरोना प्रभावित आफ्नो देशमै धमाधम फर्किरहेका छन् । यो बिषय पनि राष्ट्रियता र आफ्नो माटो प्रतिको पारिवारिक भावना र साइनोले उनीहरु कोरोनासंग खेल्न राजीखुसी बनाएको हो र भयभित बनाएको आफ्नै देश फर्किएका छन् ।

उनीहरुको सरकारले आफ्ना नागरिकहरुको भावनाको सुनुवाई गरेको छ र नेपालमा रहेका थुप्रै आफ्ना नागरिकलाई जहाँज चार्टर्डगरि आफ्नै देश झिकाएका छन् ।

हो साँच्चै भन्ने हो भने मृत्युका सामु आफ्नो राष्ट्र, आफु जन्मिएको माटो वा भुमि भन्दा ठुलो अरुकेही होइन । त्यसैले मानवजाति भनेको संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो राष्ट्रियता र माटोलाई अन्तिम एकमुठी प्राण रहुन्जेल भुल्न सक्दैनन्, बरु मर्न किन नपरोस ।

त्यसैले अब हाम्रो राज्यले आफ्ना नागरिकहरुका लागि सोच्ने बेला आएको छ । परदेशमा फसेका नागरिकहरुलाई उद्दार गरि गुण तिर्ने बेला आएको छ । उनीहरु भनिरहेका छन्, हाम्रो देशमा बसेका बिदेशी नागरिकलाई आफ्नो देश फर्काउन, लकडाउनको कारण बन्द भएको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थललाई खुल्ला गरि उनीहरुलाई पठाईयो । हाम्रो नेपाली राष्ट्रिय ध्वाजाबहाक हवाईजहाजलाई समेत बिदेशी नागरिकलाई बोकेर उनीहरुको देश सम्म पुर्यायो तर घरफर्कन चाहने हामी नागरिकहरुलाई हाम्रो विमानस्थल किन बन्द छ ?

त्यसैले राज्यले सोच्ने बेला आएको छ, ‘के देश हाम्रो मात्रै हो, अनि प्रवासीलाई उतै मर्न दिउ’ ?

यसो भन्दै गर्दा बाहिरबाट भित्रिने नेपालीहरुलाई सुरक्षा जोखिम मोलेर, केवल उनीहरुको भावनालाई कदर गरेर, असुरक्षित देशमा भित्र्याउनु पर्छ भन्ने मनसाय यो पंतिकारको पटकै होइन । यतिखेर विदेशमा बस्ने धेरै नेपालीहरु देश भित्र फर्किन चाहान्छन । बस उनीहरुलाई फर्किने वातावरण र बस्ने क्वारेन्टाइनको ब्यबस्थापन बनाइदिए, आफ्नो खर्चसम्म हालेर घरफर्कन चाहनेहरु पनि छन ।

त्यसैले परदेशमा फसेका घर फर्कन चाहने हाम्रा नागरिकहरुलाई स्वदेश फर्काउन कस्तो खालको ब्यबस्थापन र भूमिका खेल्न सकिन्छ भन्ने बारे राज्यले सोच्नैपर्छ । यदि यो बिषयमा राज्यले होसियारीपुर्बक आफ्ना नागरिकलाई घरफर्काउन सकेमा देश र जनताकोलागि ठुलो विजय हुनेछ ।

उपायहरु 

इक्छा शक्ति भए समस्याहरु संगै उपायहरु पनि छन् । परदेशबाट घर फर्किन चाहाने नेपालीलाई यसरि ब्यबस्थापन गर्न सकिन्छ ।

कोरोना भाइरसको असरलाई हेर्दा यसको प्रकृति देखि संसारका मानिसहरु नजिकबाट जानकार भैसके । यदि कोरोना भारस लाग्यो भने यसको असर १४ वा २१ दिन भित्र देखा परिसक्छ नत्र भाइरस नेगेटिभ हुनेछ । यो भाइरस एक मानिसबाट आर्को मानिसलाई प्रत्यक्ष छोएर सर्ने भाइरस हो । त्यसकारण विश्व स्वास्थ्य संगठनको सुरक्षा अवधारणालाई मध्ये नजरगर्दै उसका निश्चित मापदण्डहरुलाई पालना गर्ने/गराउनेगरि उनीहरुको ब्यबस्थापन गर्न सकिन्छ ।

घरफर्कन चाहानेहरुको डाटा एकिन गर्ने । उनीहरुलाई फर्काउन लाग्ने अर्थतन्त्र नेपाल सरकारको ढुकुटीबाट सकिन्छ भने त्यो अति उत्तम हो तर आर्थिक स्थिति राज्यले धान्न नसकिने अबस्था हो भने ५० प्रतिशत स्वयं पिडकले बेहोर्नेगरि ब्यबस्थापन गर्न सकिन्छ । यत्ति पनि सकिदैन भने केहि प्रतिशत सहयोग गर्ने गरि ब्यबस्थापन गर्न सकिन्छ, अझै पनि नसकिने अबस्था हो भने पिडित स्वयंले सम्पूर्ण ब्यबस्थापन बेहोर्नेगरी आफ्ना नागरिकहरुलाई फिर्ता गराउने पहल गर्न सकिनेछ ।

उनीहरुको क्वारेन्टाइनको ब्यबस्थापन, उनीहरु बस्ने सम्बन्धित स्थानीय तहलाई जिम्मादिन सकिनेछ। स्थानीय तहले परदेशबाट फर्किने नेपालीहरुका लागि छुट्टै राहत कोष खडा गरि, उक्त राहत कोषले नै उनीहरु फर्किने र १४ देखि २१ दिनसम्म खाना बस्नको ब्यबस्थापन गर्न सकिनेछ ।

उनीहरुको भिडभाडलाई न्यूनीकरण गर्न स्थानीय तहमा पनि वडापालिका स्तरीय क्वारेन्टाइन बनाउने, यदि त्यसमा पनि धेरै भिडभाड हुने भएमा गाउँ स्तरमा क्वारेन्टाइन निर्माण गर्ने । क्वारेन्टाइन भवनका लागि प्रत्यक बिद्यालय वा सरकारी खालि कार्यालयहरु उपयोग गर्ने । त्यसको ब्यबस्थापन र रेख देखकालागी भोलेन्टियर स्वास्थ्य कर्मी र स्वयंसेवकको ब्यबस्थापन गर्ने र उनीहरुलाई निश्चित भत्ताको ब्यबस्था परदेशीहरुकै उद्दार कोषबाट ब्यबस्थापन गर्ने गरियो भने अत्यन्तै सहज र अनुसासित पुर्वक हाम्रा नागरिकहरुलाई घरफर्काउन सकिने छ ।

हिजो नागरिकको हकअधिकारका लागि चुनावमा भोट माग्ने जनप्रतिनिधिहरुले यी नागरिकहरुको लागि भोटको ऋण तिर्ने बेला यहि हो । गाउँपालिका वा नगरपालिका स्तरबाट राहात कोष निर्माणगरि परिचालन गर्न सकिनेछ ।

यसरि घरफर्काउदा देशलाई चाहिने उर्जाशील र क्षमतावान युवा शक्ति देशमै फर्किने छ । यतिबेला कोरोनाले धेरै युवाहरुको मानसपटलमा सानो भएपनि आफ्नै देशको रोजगार प्रति लाभ बढेको छ । आपत र बिपतमा पैसा ठुलो बिषय होइन, देश र घरपरिवार नै ठुलो रहेछ ।

त्यसैले उनीहरुले गाउँको बाँझो जमिनलाइ उत्पादनमुलक बनाउन बिकल्प खोलिदिएको छ । राज्यप्रति युवाहरुको सहयोग ह्वात्तै बढ्ने छ । कोरोना नियन्त्रण पछी देश भित्रै ठुलाठुला उघ्योग कलकारखानाहरु खुल्ने छन् । मानिसहरुलाइ देश भित्रैको रोजगारप्रति प्रेरित हुनेछन ।

जस्तै बिदेशमा बाथरुम सफा गर्ने र भाँडा धोएर पैसा कमाउने हाम्रा सोंचहरुमा बदलाब आउने छन् । देश भित्रै कामको लेखाजोखा नगरिकन परिश्रममुखी बनाउने छ ।

किन भने विश्व वातावरण निकै बिग्रदो अबस्थामा छ, यस्तो परिवेशमा सानो भएपनि देश भित्रै रोजगारको अवसरमा जोडिन पाए पारिवारिक वातावरणमा बस्न र मर्न समेत सहज हुनेछ । यो परिस्थितिलाइ सहि सदुपयोग गर्न सके देशले समृद्दीको ढोका खोल्ने छ । आफ्नै देशका पारिश्रमिक युवाहरुको श्रममा देश फुल्ने छ । यो चुनौती र अवसरलाई चुम्न हाम्रो देशको सासकले जोखिमपूर्ण कदम चाल्नै पर्छ ।

अर्को भुल्नै नहुने बिषय, हाम्रो देशमा नेचुरल प्राकृतिक वातावरण पाइने भएको हुँदा बिकशित मुलुकको जस्तो भाइरसको प्रकोप भाइरल हुँदैन । महामारीको प्रभाव न्यून देखिन्छ । जो हाम्रो लागि अहोभाग्य हो । प्रकृतिले दिएको वरदान हो ।

२०७६ चैत्र २५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको