युएईबाट: ‘अरु देशका नागरिक घरफर्कन खुल्ला हुने त्रिभुवन एरपोर्ट, हाम्रा लागि किन बन्द ?’


अहिले जताततै छ त नोभल कोरोना भाईरस कोभीड-१९ कै चर्चा परिचार्च छ। नहोस पनि कसरी जस्ले अहिले सम्मका सम्पुर्ण विकास प्रविधि र बिज्ञानलाई समेत चुनौती दिईरहेको अवस्था छ। मानव सभ्यता माथिनै प्रश्न चिन्ह खडा गरिदिएको छ। हाम्रो जीवन शैलि, पद्धती र विकास माथिनै सोच्न बाध्य बनाईरहेको छ। यस दौरानमा हरेक मानिसहरुमा आआफ्नै सोच र धारणा सहितको मिश्रित मनग्गे रुप रङ्गहरु अनलाइन बजारहरुमा पोस्टिङ् भैरहेका छन् । हरेकका आफनै उदेश्य होलान तर मेरो भने सम-भाव सहितको मनोभाव मात्र हुनेछ यो साँच्चै अर्गानिक पनि भएकोले जो कोहिले पनि पढ्दा यस्को कुनै साईड इफेक्ट भने हुनेछैन ।

जहाँ छौ त्यही बस्नुको विकल्प हामी सङ्ग छैन।

यस अबस्थामा संयमता र सुझबुझ निकै जरुरी हुदा हुदै पनि, मेरा केही मनमा उब्जिएका मनगन्ते रुप रङ्ग सहितको केही धारणाहरु, केही प्रस्न त केही उपायहरु बाँड्दा उपयुक्त होला भन्ने ठानेको छु ।

जहाँ छौ त्यही बस्दैमा हामी शुरक्षित छौ भन्ने आधार के ? आफ्नो ब्यक्तिगत देखि समाज र रास्ट्रको सुरक्षा गर्ने दायित्व हुँदा हुँदै पनि के यति भनेर मानव भित्र उब्जिएका बाध्यात्मक समस्याको समाधान होला ?

अहिले सम्म ठिक ठाक हामीलाई, सधै ठिक ठाकनै रहिरहने आधार के? राज्यको ब्यबस्थापन समय छदै ठिक ढंगले किन सद्युपयोग गर्न सक्दैनन् ? अहिले सम्म ठिक ठाक आफ्नो नागरिकको पहिचान गरि, जो देश फर्किन चाहान्छन भने के त्यो देश र आफ्नो घरपरिवारको माया नभएरै होत ?

प्लेन टिकट १४ दिन क्वारेन्टाइनमा बस्ने ब्यबस्था आबस्यक सुरक्षा मापदण्डहरु हामी आफै गर्छौ, कोरोना नभएको सटिफिकेट पनि बनाउछौ फर्किने प्रक्रियाको ब्यबस्थापन राज्यले गर्न पर्यो भन्ने आवाज उठ्नु के राष्ट्र बिरोधि सोच हो ?

यो महामारीमा पनि बिदेशमा नर्मल काम गरिरहेका छन् तिनको मनोभावनालाई कसैले रातदिन कोठामै थुनिने अबसर पाए भन्दैमा राष्ट्रबिरोधि, सरकार बिरोधि, समाज बिरोधिको लगाम कस्न मिल्छ ?

अस्ट्रेलिया जस्तो देशले त्यहाँ पढ्न गएका एक बर्ष नपुगेका विद्यार्थीहरु देखि अन्य देशका नागरिकलाई यदि अशुरक्षित महसुस भए आफ्नो ब्यबस्थापन आफै गर्न स्वम प्रधानमन्त्रीको आधिकारिक धारणा छ।

कोरोना महामारिको केही समयमै खाडिका धेरै कम्पनीहरु बन्द हुने अवस्थामा छ्न, पहिले नर्मल अबस्थामा बिचल्ली बनाउने यहाँका केही कम्पनीहरुले अहिलेको यो जोखिम प्रस्थितिमा तलब त परकै कुरा हो खान बस्न समेत दिन नसक्ने अवस्था सृजना भै लाखै कामदार बिचल्लीमा आउने स्थिति भए कति जनालाई चन्दा उठाएर पाल्ल सक्नुहुन्छ? कसैले सोचेको छ आकस्मिक आईपर्ने समस्याको दुरदर्शि समाधान?

रोग नलाग्दै फर्काउनमा तदारुकता देखाउने वा रोग सङ्गै फर्काउन बाध्यहुने, यो हामीले सोच्न नपाउने? युएईमा अबस्थित सामाजिक संघसस्थाहरु जाग्ने बेला भएनर ?

यस्को अन्तिम विकल्प भनेको यदि राज्यले नेपाल सरकारले हामी देश बाहिर बस्ने नेपालीहरुलाई नागरिक सम्झन्छ भने जो सहि सलामत छन्, जस्को कम्पनीनै काम नचलाउने अबस्थामा छन, जस्को रोजगारी नै गुम्ने अबस्थामा छ र जो शुरक्षित देश फर्किन चाहान्छन, त्यस्को यथासिघ्र ब्यबस्थापन नेपाल सरकारले गरोस। बरु जेजे मापदण्ड बनाउनुपर्छ बनाउनुस त्यस्को सिरोधार्य पालना गर्न सबै मनै देखि त्यार हुनेछौ ।

अहिले छिमेकी देश भारत लगायत खाडिका देशहरुमा पनि अवस्था असामान्य हुँदै गएको छ, कोरोना भाईरस संक्रमण दिन प्रति बढ्दो क्रममा छ ।

अरुका देशका नागरिक ओसार्न प्रयोग हुने नेपाल एयरलाईन्स आफ्नै देशका नागरिक जो फर्किन चाहान्छन, उनिहरुलाई लिन ठाउँ ठाउमा पुगोस् ।

जेबी जि.सी.
हाल, युएई

२५ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको