विद्यार्थीलाई हात चि’र्न लगाउने शिक्षिका प्रहरी फन्दामा


फागुन २४, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई ब्ले’डले हात चि’र्न लगाउन शिक्षकालाई प्रहरीले प’क्राउ गरेको छ ।

काठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हा’त चि’र्न लगाएकी थिइन्।

उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले शनिबार दिउँसो प’क्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

डीएसपी बोगटीले प्रहरीले घटनाको विषयलाई लिएर विद्यालय प्रशासन, पी’डित विद्यार्थी र तिनका अभिभावकहरुसँग बुझिरहेको बताए । उनले अहिलेसम्म उनीविरुद्ध विद्यालय र पी’डित पक्ष कसैले पनि जाहेरी नदिएको बताए ।

विगत १२ वर्षदेखि सोही विद्यालयमा पढाउँदै आएकी सीतालक्ष्मीले गत साता २० पूर्णांकको कक्षा परीक्षा लिएकी थिइन् । सोही परीक्षामा १५ भन्दा कम अंक ल्याउने विद्यार्थीलाई उनले हात चि’र्न लगाएकी हुन् । सबैभन्दा कम अंक ल्याउने विद्यार्थीलाई सबैभन्दा बढी र १५ को हाराहारीमा अंक ल्याउने विद्यार्थीलाई कम ठाउँमा चि’र्न लगाएको बताइएको छ ।

विद्यार्थीलाई हात चि’र्न लागाउने शिक्षका सीतालक्ष्मीले आफूबाट ग’ल्ती भएको तर आफूले थोरै मात्र चि’र्न भनेपनि विद्यार्थीले धेरै चि’रेको प्रतिक्रिया दिएकी छन् ।

विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यले शारीरिक द’ण्ड दिएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले शुक्रबारबाट लागू हुनेगरी शिक्षक पदबाट अवकास दिने निर्णय गरिएको जनाएको छ ।

२४ फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको