टेलिकम कम्पनीले तिर्ने किस्ताबारे सञ्चामन्त्री नै अनभिज्ञ: विनोद चौधरी


माघ २४, काठमाडौं । उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेलिकम कम्पनीले राज्यलाई तिर्ने किस्ताबारे जानकारी नै नराखेको आरोप लगाएका छन् ।

मन्त्री बाँस्कोटाले सीजी टेलिकमले २० अर्ब रुपैयाँ चुक्ता गरे मात्रै लाइसेन्स दिने अभिव्यक्ति दिएको भोलिपल्ट सो कम्पनीका मालिक चौधरीले राज्यले नै सो रकम १० वर्षमा फरक फरक किस्तामा तिर्ने ब्यवस्था मिलाएको बताए । राज्यले मिलाएको ब्यवस्थाबारे तालुकदार मन्त्रीले नै ज्ञान नराख्नु दुःखद भएको चौधरीको भनाई छ ।

चौधरीले सामाजिक संजालमा ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’

उनले सबै भ्रम उपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसन उत्सुक रहेको पनि बताएका छन्। सीजी टेलिकम्यूनिकेसनको लाइसेन्स सम्बन्धमा चौधरी ग्रुपले आइतवार पत्रकार सम्मेलन गरी थप स्पष्ट पार्ने जनाएको छ ।

२४ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको