दाङका दुईजनाको मलेसियामा मृत्यु


पुस २२, दाङ । रोजगारको सिलसिलामा विदेश गएका दाङका दुईजनाको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ सुनडवरी निवासी २३ बर्षीय गोविन्दबहादुर रोका र घोराही उपमहानगरपालिका ७ नैनुहार निवासी ४३ बर्षीय दुर्गा बहादुर बिटालुको मलेसियामा मृत्यु भएको हो ।

मंगलबार मलेसिया स्थित जोहोरबारु बातुपहात शहरको सोङलिङ कम्पिनीमा कार्यरत बिटालुको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

१० बर्षदेखि उक्त कम्पनीमा कार्यरत बिटालुको बातुपहातको सुल्तान अस्पतालमा पोष्टमार्टमकोलागि राखिएको छ । बिटालु घर फर्कन एक महिना मात्र बाँकी थियो । बिटालुको शवलाई नेपाल ल्याउन पहाल थालिरहेको पारिवारिक स्रोतले बताएको छ । बिटालुका श्रीमती, २ छोरी र एक छोरा छन् ।

साथै रोकाको मंसिर ५ गते एकाएक बेहोस भएपछि अस्पतालमा उपचारकालागि राखिएको थियो । उनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । रोका ४ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

२२ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको