इराकको क्याम्पबाट विदेशी फर्काउन शुरू, ७ नेपाली फर्किए


पुस २२, काठमाडौँ । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब २ सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतवारदेखि पठाउन थालेका हुन् ।

आइतवार र सोमवार फर्काइएको टोलीमा नेपाल ७ जना छन् । कान्तिपुर दैनिकमा खबर छ ।

२०७६ पुष २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको