चर्चित कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि


असोज २० काठमाडौं । कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।

सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्।

आचार्यले फेसबुकमार्फत् आफू र श्रीमती रमिलामा कोरोना संक्रमण पुष्टि भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।

उनले आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि आग्रह गरेका छन्।

२० आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको