उपत्यकामा थपिए १०१७ कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति थपिए ? [विवरणसहित]


असोज २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ७८३, ललितपुर ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूनाको पीसीआर परीक्षण भएको छ । मंगलबार २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

आइसीयूमा २४३ र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ । मंगलबार उपत्यकाका ५ सहित ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। सोमबार मात्रै १९ जनाको मृत्यु भएको थियो।

२०७७ आश्विन २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको