प्रदेश ५ को स्थायी राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित


असोज २०, काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ (देउखुरी) बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

२० आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको