मल नल्याउने दुबै कम्पनीसँगको ठेक्का सम्झौता रद्ध


भदौ २१, काठमाडौं । तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ ।

नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध भएको हो ।

उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो ।

कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ ।

फरक फरक ठेक्कामार्फत ५० हजार मेटि्रक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।

दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो

२१ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको