सरकारी प्रयोगशाालाले ५० प्रतिशतको शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने


भदाै २१, काठमाडौं । सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी प्रयोगशालाहरूलाई कुल क्षमताको ५० प्रतिशत सम्म मापदण्डमा नपरेका व्यक्तिहरूको सशुल्क परीक्षण गर्न पाउने गरी निर्णय गरिएको जानकारी दिए।

यसअघि भने उक्त प्रयोगशालाहरूले क्षमताको २५ प्रतिशतको मात्र सशुल्क परीक्षण गर्न पाउने भनिएको थियो।

अब एउटा प्रयोगशालाको दैनिक परीक्षण क्षमता सय छ भने उक्त प्रयोगशालाले शुल्क लिएर ५० जनाको परीक्षण गर्न पाउने भएको छ।

अहिले कुल ४८ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका छन्। जसमा ४० वटा सरकारी मातहत र बाँकी निजी प्रयोगशालाहरू छन्।

२१ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको