काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि


भदौ २१, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।

२१ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको