भदौ २१, दाङ । दाङमा निषेधाज्ञा थप एक हप्ता लम्ब्याईएको छ ।
जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन केन्द्रको आईतबार बसेको बैठकले समुदाय स्तरमा कोरोना देखिएकाले भदौ २८ गतेसम्म निषेधाज्ञा थपेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्द रिजालका अनुसार निषेधाज्ञा पहिलेको भन्दा खुकुलो हुनेछ ।
विहान १२ बजेसम्म बजार खुल्ने, सार्वजनिक सवारी बन्द राखिने तर, विहान १२ बजेसम्म निजि सवारीमा जोरविजोर लागु गरि सञ्चालन गर्न दिने निर्णय भएको हो ।
एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।
दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ९९२ पुगेको छ ।
त्यसमध्ये ८५७ जना निको भएर घर फर्किएका छन् भने १३३ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट अहिलेसम्म दाङमा २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस