साउन २२, काठमाडौं । पछिल्लो केहि समययता सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेको छ । बिहिबार प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक रेकर्ड कायम राखेको छ । आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
यसैबीच बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको महासंघले जनाएको छ । मूल्य बढेसँगै सुन चाँदीको कारोबार ठप्प छ । बढ्दो मूल्यका कारण अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ । महासंघका अनुसार सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना छैन ।
प्रतिक्रिया दिनुहोस