पछिल्लो २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि


असार २२, काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४पुग्यो पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ |

नेपालमा हालसम्म ६ हजार ८११ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् | पछिल्लो २४ घण्टामा २६४ संक्रमण मुक्त भएका छन् ।
देशभर ३९ हजार २१५ जना क्वारेन्टाइनमा रहेका छन् | स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ११८ जना आइसोलेसनमा रहेका छन् |

२२ असार २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको