भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकको तेस्रो स्थानमा


असार २२ काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा ६ लाख ९० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ, भने संक्रमितमध्ये हालसम्म १९ हजार ७ सयले ज्यान गुमाइसकेका छन् |

रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।

२०७७ असार २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको