२८ वर्षपछि उपत्यकावासीको मेलम्ची सपना साकार हुँदै


असार २२, काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।

त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो । सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । तत्पश्चात् समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।

डिजाइन र पूर्वाधारहरू निर्माणका प्रारम्भिक कार्यहरू पश्चात् २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजल सम्म पानी प्रवाह गर्न करिब २७ दशमलव ५ किमि सुरुङ निर्माणको कार्य सुरु गरियो । सो निर्माणका क्रममा सन्तोषजनक प्रगति हुन नसकेका कारण चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र चाइना मेसिनरी इन्डस्ट्री गु्रप कर्पोरेसन इन्क जेभीसँग भएको निर्माण सम्झौता रद्द गर्नुप-यो ।

त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी सिएमसी डि रेभेनाले सुरुङको ब्रेकथु्र गरेको भए तापनि २०७५ साल १० पुसदेखि एकतर्फी रूपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चीनको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिसँग २०७६ साल १२ असोजमा सम्झौता गरेको थियो ।

त्यसैगरी, हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ |

२०७७ असार २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको