जेठ २४, सुर्खेत । जाजरकोटमा एक प्रहरीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित सबैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस