नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


जेठ २४, काठमाडौं | नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । गत जेठ २० गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएकोमा
जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो।

शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ ।

उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्।

२०७७ जेष्ठ २४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको