बैशाख २४, काठमाडौं । खाडी मुलुक बहराइनमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या २४५ पुगेको छ ।
बहराइनको स्वास्थ्य मन्त्रालयले दुईसय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
बहराइनमा कोरोना भाइरसबाट अहिलेसम्म एक हजार ९ सय ५० जना संक्रमित जसमध्य एक हजार सात सय ६२ जना उपचार पछि निको भएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरि बहराइनमा कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएको छ भने एक जनाको अबस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस