विप्लवको पार्टीपङ्क्तिलाई निर्देशन- ‘कडा प्रतिरोधका लागि तयार रहनुस’


बैशाख २४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् ।

महासचिव विप्लवले बुधबार वक्तव्य जारी गर्दै कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आ’तङ्क र हिं’सा मच्चाउन खोजिरहेको पनि बताएका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’

उनले केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

विप्लवले पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको बताएका छन ।

यस्तै इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी लगायत धेरै नेता तथा कार्यकर्ताहरूलाई बिनाकारण गिरफ्तार गरेको उनले दावी पनि गरेका छन । उनले गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त रिहा गर्न आग्रह समेत गरेका छन ।

साथै उनले केपी सरकारको अमा’नवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन समेत दिएका छन् . ।

हेर्नुस विज्ञप्ति

२४ बैशाख २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको