प्रमुख सचेतकसहित तीन युवा नेताले कपुरकोटमा हस्तान्तरण गरे खाद्यान्न राहत


चैत २४, सल्यान । लकडाउनले गर्दा छाक टार्न हम्मे हम्मे परेका विपन्न परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराउने कार्य जारि रहेको छ ।

आफ्ना पालिकाभित्रका असंगठीत क्षेत्रका मजदुर तथा विपन्न वर्गका घरपरिवारलाई नगर तथा पालिकाहरुले राहत उपलब्ध गराईरहेका छन् भने स्थानीय तहहरुलाई विभिन्न क्षेत्रबाट राहत सामग्री प्राप्त हुने क्रम पनि चलिरहेको छ ।

यहि विचमा कर्णाली प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीका प्रमुख सचेतक गुलावजंग शाह सहित तीन युवा नेताले स्थानीय तहहरुलाई खाद्यान्न राहत उपलब्ध गराएका छन् ।

सोमबार कपुरकोट गाउँपालिकालाई सांसद् शाह सहित नेकपाका नेताहरु मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठले पाँच सय किलो चामल, २० लिटर तेल र २० किलो नुन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् ।

राहत सामग्री ग्रहण गर्दै अध्यक्ष सेनले विपदको समयमा विपन्न नागरिकका लागि खाद्यान्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । साथै उनले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न सामग्री सहयोग गर्न ब्यापारि तथा सहयोगिहरुलाई आह्वान गरे ।

यसैविच प्रदेशसभा सदस्य शाहले विपत्तिको बेला विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । सारा विश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त भएको बेला देशमा सरकारले लकडाउन गरेको र यसलाई कार्यान्वयन गर्नु हरेक नागरिकको कर्तव्य रहेको जनाउदै उनले प्रतिकुल अवस्थामा समस्यामा परेकालाई सहयोग गर्नुपर्ने बताए । कुनै पनि राहत वितरण कार्य पारदर्शि र वास्तवीक पिडितकहाँ राहत पुग्नुपर्ने उनको जोड छ ।

यस्तै समाजसेवी तथा नेता प्रधान र श्रेष्ठले पनि विपन्नलाई केहि दिन भए पनि छाक टार्न सजिलो होस् भनेर राहत सामग्री प्रदान गरिएको बताए । जिल्लाका दशवटै स्थानीय तहमा राहत सामग्री उपलब्ध गराइएको सांसद् शाहका स्वकीय सचिव राम बहादुर केसीले जनाएका छन् ।

२४ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको