बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु


चैत २४, काठमाडौं । पालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा मन्त्रिपरिषद्‌ बैठक शुरु भएको हो ।

पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि (मंगलबार) सकिदैछ । त्यसअघि नै यसबारे सोमबार मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

२४ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको