प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको दिमागी हाल ठिक छ ? – लेनिन बिष्ट


चैत्र २४, काठमान्डौ । पुर्व जनमुक्ति सेना लेनिन बिष्टले प्रधानमन्त्री केपि ओलीका प्रेस सल्लाहकार सुर्य थापाको दिमाग सहि छ कि छैन भनेर जचाउन माग गरेका छन् । कोरोना ल्याव परिक्षण ७७ वटै जिल्लामा राख्नुपर्नेमा जोडदिंदै सल्लाहकार थापाले ल्याव राख्ने बिषयमा डडेलधुरा कि चितवन भनेर गरिएको प्रश्नप्रति कटाक्ष गर्दै यस्तो प्रश्न पागलले मात्रै सोध्ने बताएका छन् ।

चाइना कमिसन थाप्न नपाएको रिसमा थापाले यस्तो अभिव्यक्ति दिएको समेत बिष्टले आरोप लगाएका छन् ।

त्यसैगरी आफ्नो सामाजिक संजाल फेसबुकमा कम्युनिष्ट सरकार प्रति निकै आक्रामक देखिएका छन् । देश र जनतालाई कोरोना भाइरससंग भन्दा पनि यी राता मण्डलेसंग डर भएको बताएका छन् ।

नेपालका कम्युनिष्टहरु मेड इन इन्डिया कम्पनीका राता कम्युनिष्ट मण्डले भएको जनाएका छन्  । उनीहरुले भ्रष्टाचार र बिकृतिमा इमान्दार कम्युनिष्ट नेताहरुलाई फसाउने र विश्वसामु बदनाम गराउने गरेको आरोप समेत लगाएका छन् ।

बिष्लेट भनेका छन्, ‘यिनिहरुले कम्युनिस्टको नाम गरेर अकुत भ्रष्टाचार गर्ने, जनताको भन्दा पनि बिचौलिया, तस्कर सामन्तीको सेवा गर्ने र इमानदार कम्युनिस्टको बदनाम गर्न तल्लिन छन ।’

२४ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको