कोरोनाबाट भारतमा ११७ को मृत्यु, ४२८८ संक्रमित

फाइल तस्बीर

चैत २४, काठमाडौं । पछिल्लो साता छिमेकी मुलूक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने नागरिकको संख्या ११७ पुगेको छ । सोमबार बिहानसम्म भारतमा ४२८८ नागरिक संक्रमित भएका छन्।

नेपालसँग खुला सीमाना जोडिएको भारतमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दै गएको हो। संक्रमणको जोखिम बढ्दै गएपछि भारत सरकारले यस साताअघि तीन हप्ताका लागि लकडाउनको घोषणा गरेको छ। तर, संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार १२८३२० नागरिकमा कोरोना भाइरसको परीक्षण गरिएको हो। परीक्षण गरिएकामध्ये ४२८८ जनामा कोभिड–१९ पोजिटिभ देखिएको हो। भारत विश्वमै घना जनसंख्या हुने मुलूकभित्र पर्दछ। भारतको कुल जनसंख्या १ अर्ब ३८ करोडभन्दा बढी छ।

सोमबारसम्मको तथ्यांकले भारतमा परीक्षणको रफ्तार निकै सुस्त रहेको बुझ्न सकिन्छ। हालसम्म भारतमा ३२८ जना कोरोना संक्रमणबाट निको भए घर फर्किएका छन्। संक्रमितको तुलनामा यो संख्या निकै थोरै हो। ३८४३ जना नागरिक अहिले पनि कोरोना भाइरसविरुद्ध लडिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

२४ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको