काँकडभिट्टा प्रहरी कार्यालय छिर्नुअघि सावुन पानीले हात नधाेए छिर्न नपाईने


फागुन २३, झापा । मित्र राष्ट्र चिनको हुवई प्रान्तको वुहानावाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्व जगतले झेलिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको बताईसकेको छ । चिनमा महामारीको रुपमा लिएको कोरोना केभिड १९ संक्रमणको त्रास विश्वभर फैलिए संगै नेपालका सरकारी कार्यालयमा विशेष सतर्कता अपनाईन थालिएकाे छ ।

यसै विच इलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यालयमा प्रवेश गर्नू पूर्व सावुन पानीले हात धाेएर मात्र प्रवेश गराउने अभियान सञ्चालन गरेकाे छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पाेखरेलले कोरोना विरुद्ध जनचेतनाको लागि आज देखि यस कार्यालयको मूलगेटमा सावुन पानीले हात धुने व्यवस्था गरिएको बताए ।

कार्यालयका प्रमुख डिएसपी पाेखरेलले भने,”प्रहरी चाैकीकाे मुल गेट अगाडि बाल्टिनमा पानी र सावुन राखिदिएका छाै र हात धाेएर मात्र मित्र जानुहाेला भने सुचना समेत मुल गेट अगाडि राखेका हाै कार्यलयमा प्रहरी कर्मचारी हाेस या थुनुवा भेट्न अाउने अागन्तुकहरूलाई सावुन पानीले हात धाेए पछि मात्र भित्र प्रवेश गर्ने नियम बनाएका छाै ।”

ईलाका प्रहरी कार्यालयकाे थुनुवा भेट्ने समय भनेकाे विहान ८ वजे देखि १० वजे सम्म र दिउसाे २ बजे देखि ४ बजे सम्म अाउने अागन्तुकले अनिवार्य सावुन पानीले हात मिचिमिची धाेए पछि मात्र कार्यालयमा प्रवेश गर्न पाउने प्रहरी कार्यालयले वताएकाे छ ।

२०७६ फाल्गुन २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको