मास्क र स्यानिटाइजरमा भन्सार छुट दिइने


फागुन २३, काठमाडौं । सरकारले मास्क र स्यानिटाइजर आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिने भएको छ ।

कोरोना संक्रमणको जोखिम फैलिएसँगै यस्ता वस्तुको माग बढ्न गई अभाव सिर्जना भएको भन्दै सरकारले आपूर्ति बढाउन आयातमा सहुलियत दिने तयारी गरेको हो।

कोरोना संक्रमणको जोखिम बढेपछि सतर्कताका लागि सरकारले आवश्यक वस्तुको उपलब्धता बढाउन भन्सार छुट दिन तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए। ‘भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिसकेका छौं’, उनले भने।

उत्पादन तथा आपूर्ति बढाउनका लागि सरकारले पहल गर्ने र उपलब्धताको अनुगमन गर्ने उनको भनाइ छ । मन्त्रालयले नियमित बजार अनुगमन गरी संकटको समयमा अधिक फाइदा लिन खोज्नेलाई कारबाही गरिने उनले बताए ।

२०७६ फाल्गुन २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको